हिमपातले मगुमा सडक तथा हवाई सेवा बन्द

बुधबार, माघ १४, २०८२

मुगु । लामो खडेरि पछि परेको हिमपातले मुगु र जुम्लाको सिमाना घुच्चिलेख अन्र्तगत नाग्मा गमगढि कर्णाली राजमार्ग पुर्ण रुपमा बन्द भएको छ । राजमार्ग बन्दका कारण मुगु आउने मालवाहक तथा यात्रुबाहक सवारीसाधनहरु जुम्लाको गोठिज्युला,बोतामालिका र भुलभुलेमा अलपत्र परेका छन भने मुगुको एक मात्र ताल्चा विमानस्थल समेत अवरुद्ध भएको छ । हिमपातपछि बालीनाली सप्रने आसामा किसानहरु खुशी भएका छनभने अत्यधिक चिसोका कारण जनजिवन प्रभावित समेत भएको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालीका र गर्भवती महिनलाहरु प्रभावित भएका छन् । हिमपातका कारण हाल सम्म कुनै किसीमको क्षती नभएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताएका छन ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार