निर्वाचन धाँधलीरहित बनाउन सरकार गम्भीर हुनुपर्छ : सभापति शर्मा

बुधबार, माघ १४, २०८२

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सभापति शर्माले निष्पक्ष निर्वाचन सम्पन्न गरिनु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे । उनले हाल राजनीतिक संगठन र विचारभन्दा पनि ‘स्टन्टबाजी’ हावी हुँदै गएको भन्दै यसले देशलाई गलत दिशातर्फ लैजान सक्ने चिन्ता व्यक्त गरे । ‘हाम्रो लक्ष्य, उद्देश्य र दृष्टिकोण के हो भन्नेभन्दा पनि अहिले हावाको बहाव अर्कैतिर गइरहेको देखिन्छ, फागुन २१ गते हुन गैइरहेको प्रतिनिधिसभा निर्वाचनलाई हामीले धाँधलीरहित बनाउनुपर्ने छ । निष्पक्ष बनाउने गर्यौं भने अझै उपयुक्त हुन्छ । अहिले राजनीतिक संगठन, संघर्ष भन्दा पनि स्टन्टबाजी चलिरहेको छ,’ उनले भने । सभापति शर्माले जेन–जी आन्दोलनका कारण कैदी भाग्ने, हतियार लुटिने जस्ता घटनाहरू भएको उल्लेख गर्दै यसले निर्वाचनमा धाँधली हुनसक्ने जोखिम बढाएको बताए । यस्तो अवस्थालाई ध्यानमा राख्दै सरकारले निर्वाचनलाई कसरी धाँधलीरहित र निष्पक्ष बनाउने भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने उनको धारणा थियो । उनले भने, ‘एकातिर जेनजी आन्दोलनले गर्दा कैदीहरु भागेको अवस्था छ, हतियारहरु लुटिएका छन् यसले गर्दा कतै निर्वाचन धाँधली बनाउँछ की भन्ने लागिरहेको छ । यसलाई सरकारले गम्भिरतापूर्वक सोच्न र धाँधलीरहित कसरी बनाउने, निष्पक्ष कसरी बनाउने भन्नेतिर बढी सोच्नुपर्छ जस्तो मलाई लाग्छ ।’

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार