आजको मौसम : देशका विभिन्न भूभागमा वर्षा हुने सम्भावना

बुधबार, माघ १४, २०८२

काठमाडौं । नेपालमा न्यूनचापीय प्रणालीको प्रभावका कारण हाल विभिन्न भूभागमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ । महाशाखाका अनुसार बुधबार दिनभरि अधिकांश स्थानमा वर्षा गराउने सम्भावना रहेको छ । आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा पूर्णतया बादल लाग्नेछ र बाँकी पहाडी र तराईका भू–भागमा साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू‍–भागका केही स्थानहरूमा मध्यम वर्षा र हिमपातको पनि सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, बुधबार राति देशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । राति कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात÷वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार