हिमपातपछि अवरुद्ध कर्णाली राजमार्ग पुनः सञ्चालनमा (तस्बिरहरु)

मंगलबार, माघ १३, २०८२

मुगु । माघ १० गते राति परेको भारी हिमपातका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्लाको भुलभुलेदेखि घुच्चिलेख, सात मोड हुँदै झाडनाउलासम्मको सडक खण्ड अवरुद्ध बनेको थियो । हिउँ जमेर सडक पूर्ण रूपमा बन्द भएपछि सवारी आवागमन ठप्प भएको थियो। सडक डिभिजन कार्यालय जुम्लाको पहलमा माघ ११ र १२ गते जेसीबी मेसिन प्रयोग गरी सडकमा जमेको हिउँ हटाइएपछि कर्णाली राजमार्ग उक्त खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ । सडक सुचारु भएसँगै जुम्ला–मुगु आवतजावत सहज बनेको छ भने यात्रु तथा स्थानीयवासीले राहत महसुस गरेका छन्। यसअघि हिमपातका कारण अलपत्र परेका सवारी साधनहरू समेत गन्तव्यतर्फ लागेका छन् ।

photo-3_50fadbbd-1769519079.jpg
 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार