'गुलाब’ बोकेर घरदैलोमा धनराज शाही

मंगलबार, माघ १३, २०८२

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार धनराज शाहीले घरदैलो कार्यक्रम गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट उम्मेदवार शाहीले आज मंगलबार नयाँ बानेश्वरको संगम चोकमा घरदैलो कार्यक्रम गरेका हुन् । सोही क्रममा उनले सबैसँग भोटको लागि आग्रह गरेका छन् । गुलाब चुनाव चिन्ह् बोकेर चुनावमा हिडेका शाहीले गुलाब नै बोकेर घरदैलो कार्यक्रममा हिनेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार