रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा थप सक्कल प्रमाण कागजात झिकाउन आदेश

आइतबार, माघ ११, २०८२

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिटमा थप सक्कल प्रमाण कागजात झिकाउन आदेश गरेको छ ।  कागजात आएपछि अन्तरिम आदेशका लागि पेस गर्ने आदेश भएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेको सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको सर्वोच्चमा रिट परेको थियो ।  उक्त रिट सुनुवाइका लागि आइबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासमा तोकिएको थियो । 

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार