सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध रेशमलाल चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आइतबार सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारणसहित बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु,’ आदेशमा भनिएको छ । निर्वाचन अधिकृतको कार्यालय, कैलालीले चौधरीको उम्मेदवारी मनोनयन २०८२ माघ ८ मा रद्द गरेको थियो । अन्तरिम आदेश छलफलका लागि माघ १५ गते दुवै पक्षलाई झिकाउन समेत आदेश भएको छ । त्यस बाहेक चौधरीलाई सम्बन्धित मुद्दाको फैसलासहितको मिसिल पेस गर्न भनिएको छ ।