सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नागरिक सरकारले आगामी फागुन २१ गते गराउन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन हजार ४०६ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार दर्ता गराएका उम्मेदवारमध्ये तीन हजार १७ पुरुष र ३८८ महिला रहेका छन् । उम्मेदवारमध्ये २५ देखि ४० वर्ष उमेर समूहका एक हजार ५६ जना छन्भने ४१ देखि ६० वर्ष उमेर समूहका एक हजार ९२५ छन् । त्यसैगरी ६१ वर्षभन्दा माथिका चार सय २५ जना छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विभिन्न निर्वाचन क्षेत्रबाट हालसम्म ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका थिए । उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्म निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावली पनि प्रकाशित भइसकेको छ र माघ १० गतेसम्म दाबीविरोधको समय दिइएको छ । समानुपातिक प्रणालीका लागि राजनीतिक दलहरूले गत पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए । माघ १० गते दाबीविरोधको समय सकिएपछि अन्तिम नामावली प्रकाशित गरिने जानकारी पनि आयोगले दिएको छ ।