आजको मौसम : यी स्थानहरुमा वर्षा र हिमपातको सम्भावना

शनिबार, माघ १०, २०८२

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरू, लुम्बिनी प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा थोरै स्थानहरूमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । साथै, गण्डकी प्रदेश र कर्णाली प्रदेशको बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा समेत हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १०, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार