‘राष्ट्रिय एकताालाई ध्यानमा राख्दै जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई समाधान गरौं’

शुक्रबार, माघ ९, २०८२

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै वर्तमान समस्या समाधान गर्नुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा १९ औं अधिवेशनमा बोल्दै उनले युवाहरूको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने भएकाले उक्त लक्ष्य हासिल गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले भने,‘जेनजी पुस्ताको भ्रष्टाचारविरुद्धको आन्दोलनबाट उत्पन्न परिस्थितिलाई राष्ट्र र राष्ट्रिय एकता, संवैधानिक तथा लोकतान्त्रिक मान्यतालाई ध्यानमा राख्दै समाधान गर्नुपर्ने छ । युवाहरूको माग सामाजिक न्याय र समावेशी लोकतन्त्रको विकाससँगै भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने नै हो ।’ उनले राष्ट्रिय सभामा विगतदेखि नै हुँदै आएका असल अभ्यासहरूलाई अझै सुदृढ र व्यवस्थित गर्नुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार