सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मनोनयन पत्र दर्ता गराएका पाँचजना उम्मेदवारविरुद्ध उजुरी परेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचन प्रणालीतर्फ निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार माघ ६ गते देशभरका सबै निर्वाचन क्षेत्रमा कुल ३ हजार ४ सय ८७ जना उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका थिए । मनोनयन पत्र दर्ता गराएका उम्मेदवारविरुद्ध आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दाबी–विरोध पेश गर्ने कार्यक्रम तय गरिएको थियो । उक्त अवधिमा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा दुई जना, सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा एक जना, रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा एक जना तथा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा एक जना उम्मेदवारविरुद्ध उजुरी परेको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।