सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशका १६५ निर्वाचन क्षेत्रमा ३४८६ उम्मेदवारी दर्ता भएको छ । माघ ६ गते देशभर एकैपटक मनोनयन पत्र दर्ता सम्पन्न भएको हो । कूल ३४८६ उम्मेदवारीमध्ये ३०८९ पुरुष, ३९६ महिला तथा अन्य १ जना रहेका छन्। प्रारम्भिक सूचीमा सामान्य परिवर्तन हुन सक्नेछ । निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते दाबी विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तय गरिएको छ । सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचवुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी गरिने छ । सोही दिन साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।