सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौंं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता शिशिर खनालले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी मनोनयन दर्ता गराएपछि साँझ सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै खनालले ‘परिवर्तन र समृद्धिको संकल्पका लागि आफूले उम्मेदवारी दिएको उल्लेख गरेका छन् । यस्तो छ उनको उनको स्टाटस
परिवर्तन र समृद्धिको संकल्प: काठमाडौँ ६ बाट मेरो उम्मेदवारी !
आज आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. ६ बाट मैले आफ्नो उम्मेदवारी दर्ता गराएको छु । मेरो उम्मेदवारीलाई काठमाडौ २७ असनकी युवा उद्यमी शैलेजा कसाजु ले प्रस्ताव गर्नुभयो भने गत भदौ २३ को ऐतिहासिक 'Gen Z' आन्दोलनमा घाइते हुनुभएको तारकेश्वर १० निवासि अभिषेक थापाले समर्थन गर्नुभयो । यो उम्मेदवारी मात्र होइन, जेन-जी विद्रोह ले जवरजस्त स्थापित गरेको सुशासन को मुद्दा र समृद्धिको सपनाप्रतिको मेरो अटुट संकल्प हो ।
उम्मेदवारका रुपमा मेरा मुख्य प्राथमिकताहरू :
सुशासन र संरचनात्मक सुधार : Gen Z आन्दोनले उठाएको सुशासन र जवाफदेहिताको मुद्दालाई संसदको र सरकारको प्रमुख एजेन्डा बनाउँदै, दिगो संरचनात्मक सुधारका काम गर्ने ।
समृद्धि, युवा र उद्यमशीलता: रास्वपाले लिएको अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुँदै, 'स्टार्टअप इकोसिस्टम' र 'इजी बिजनेस' निर्माणमा काम गर्ने ।
शिक्षा र सामाजिक पूर्वाधार: सार्वजनिक विद्यालयको गुणस्तर सुधार तर्फ नीतिगत पहल मा कटिद्द रहने ।
काठमाडौ ६ को आवाज: जनप्रतिनिधिको रुमपा संसदमा काठमाडौ ६ को आवाज बन्ने ।
क्षेत्रको विकास : काठमाडौँ ६ संघीय सरकारको स्रोत मार्फत शुरू गरेका सडक, खोला कोरीडर को सम्पन्ता प्रति प्रतिवद्द हुँदै, यस क्षेत्रमा देखिएको खानेपानी लगायत मा समस्या समाधान गर्न निरन्तर लागिराख्ने ।
मैले यसअघि सांसद सुरु गरेका अधुरा कामहरू पूरा गर्न र तपाईंको आवाज संसदमा बुलन्द बनाउन म फेरि मैदानमा आएको छु। यो निर्वाचन 'काम गर्ने पुस्ता' र 'कुरा गर्ने पुस्ता' बीचको छनोट हो।
तपाईंको माया र विश्वासले हामी काठमाडौँ ६ बाटै देशको नयाँ अध्याय सुरु गर्ने छौँ ।
__
काठमाडौं ६ मा २२ जनाको उम्मेदवारी काठमाडौं क्षेत्र नम्बर ६ मा खनालसहित २२ जनाको उम्मेदवारी दर्ता भएको छ । मनोनयन दर्ता गराउनेमा नेपाली काँग्रेसबाट कृष्ण बानियाँ सबुज, नेकपा एमालेबाट अमन मास्के, नेपाली कम्युनिष्ट पार्टीबाट हिमाल शर्मासहित २२ जना रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमा कुल २५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांकअनुसार संघीय राजधानीका यी क्षेत्रहरूमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । आयोगका अनुसार काठमाडौं क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै ३० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबैभन्दा कम उम्मेदवारी पर्ने क्षेत्रहरूमा २, ६ र ८ रहेका छन्, जहाँ समान २२–२२ जनाको दाबेदारी रहेको छ । अन्य क्षेत्रहरूको अवस्था हेर्दा क्षेत्र नम्बर ७ र ४ मा उत्साहजनक सहभागिता देखिएको छ, जहाँ क्रमशः २८–२८ जनाले मनोनयन दर्ता गरेका छन् । त्यस्तै, क्षेत्र ५, ९ र १० मा २७–२७ जना तथा क्षेत्र नम्बर ३ मा २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । काठमाडौंका यी क्षेत्रहरूमा दलीय उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरूको संख्या पनि उल्लेख्य रहेको निर्वाचन कार्यालयले जनाएको छ ।