सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले अब मधेस जनता अधिकार माग्न काठमाडौं जान नपर्ने बताएका छन् । सोमबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं घुम्न, पशुपति र स्वयम्भूको दर्शन गर्न मात्र जान आग्रह गर्दै अब अधिकार माग्न जान नपर्ने बताए । उनले भने,‘काठमाडौं घुम्न जानुहोस् । पशुपति स्वयम्भूको दर्शन गर्न जानुहोस् । अब अधिकार माग्न जाने होइन् । त्यो अधिकार अब यही प्रदेश प्रदेशमा नै उपलब्ध हुनेछ ।’ यस्तै उनले मधेसको छोरो अब प्रधानमन्त्री बन्ने भन्दै सबैले घण्टीमा भोट हाले सही समय र सही सरकार आउने दाबी गरे । ‘मधेसको छोरो अब प्रधानमन्त्री बन्छ । सबैले घण्टीमा भोट हाल्नुपर्छ । सही समय र सही सरकार आउँछ’उनले भने । त्यस्तै उनले मधेसका उखु किसान माइतीघरमा जाँदा आफू मेयर मात्र भएको कारण केही गर्न नसकेको बताउँदै अब केन्द्रीय राजनीतिमार्फत किसानहरु माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए । उनले भने ,‘मधेसका उखु किसान माइतीघरमा आउँदा मैंले केही गर्न सकिन किनकी म मेयर मात्र थिए । तर अब म तपाईहरुको साथमा छु किनकी म अब केन्द्रीय राजनीतिमा आएको छु ।’