सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका नेत्री सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिँदै परिवर्तन स्वीकार गर्नुपर्ने बताएकी छन् । उनले पार्टी विभाजन नभई नयाँ सभापति र नेतृत्व आएकाले खुसी भएर स्वीकार गर्नुपर्ने बताएकी छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले देशले परिवर्तन चाहेको र त्यसलाई खुसीसाथ अँगाल्नुपर्ने धारणा सार्वजनिक गरेकी हुन् । पार्टी विभाजन भएको अनुभव आफूलाई नभएको उनको भनाइ छ । ‘देशमा धेरै परिवर्तन आइरहेको छ । हामीले परिवर्तनसित डराउनु हुँदैन । अहिले युवाले नेपाली समाजले परिवर्तन चाहेको छ । परिवर्तनलाई खुसी भएर हामीले अँगालो मार्नुपर्छ,’ उनले भनेकी छन्, ‘कांग्रेसमा परिवर्तन आएको छ । परिवर्तन देखिएको छ । पार्टी फुटेको जस्तो मलाई फिल भएको छैन । नयाँ सभापति आउनुभएको छ । अलि छिटो आउनुभयो त्यत्ति मात्र फरक हो । नयाँ सभापति गगन थापालाई बधाई ।’ थापाले नयाँ नेतृत्व आएको कुरालाई खुसी भएर स्वीकार्नुपर्ने बताएकी छन् । कानुनको व्याख्या धेरै नगरी परिवर्तन स्वीकार गर्न उनले आग्रह गरेकी छन् । बीपीको विचार र गिरिजाप्रसाद कोइरालाको संगठनलाई मजबुत बनाएर जानुपर्ने उनको आग्रह छ । पार्टीको कार्यालय र झन्डा एउटै भएको बताउँदै उनले कांग्रेसलाई राम्रो बनाउन आग्रह गरेकी छन् । उनले भनेकी छिन्, ‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हाँसेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली काँग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनु भएको छ, म बधाई दिन चाहन्छु।’ उनले बधाईका साथै थापालाई बिपीको विचार र गिरिजाको संगठन नबिर्सेर पार्टी हाँक्न सुझाव दिएकी छिन् । नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको व्याख्या धेरै नगर्न पनि नेताहरूलाई आग्रह गरेकी छिन् । उनले कसैलाई पनि नआत्तिन र नडराउन सुझावसमेत दिएकी छिन् ।