रास्वपाको केन्द्रीय समितिको बैठक भोलि बस्ने

शनिबार, माघ ३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक भोली (आइतबार) बस्ने भएको छ । बैठक पार्टी सभापतिको निर्देशनअनुसार भोली दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौंमा बस्न लागेको हो । बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । साथै, बैठकमा विविध विषयमा पनि छलफल गरिनेछ । पार्टीले केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरिएको छ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १३:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार