गगनलाई मान्यता दिने निर्णय दूराशयपूर्ण रहेको देउवा पक्षको निष्कर्ष, भोलि सर्वोच्च जाने 

शनिबार, माघ ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षलाई आधिकारिता दिने निर्णय दूराशयपूर्ण भएको निष्कर्ष निकालेको छ । आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालत जाने निर्णय भएको नेता प्रकाशशरण महतले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको देउवा समूहको बैठकले आयोगको निर्णय संविधान, कानून र कांग्रेसको विधानविपरीत भएको निष्कर्ष निकालेको महतले बताए । ‘हाम्रो बैठकले कांग्रेसको सम्बन्धमा निर्वाचन आयोगले माघ २ गते गरेको निर्णय संविधान प्रचलित कानून र विधानको विरुद्ध गरिएको ठहर गरेको छ,’ महतले भने, ‘ तथाकथित विशेष महाधिवेशनको वैधानिकता नहेरी दूषित मनसायले प्रेरित रहेको ठहर गर्दछ ।’ देउवा पक्षले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जाने समेत निर्णय गरेको छ । ‘देशको सबभन्दा ठूलो दलको केन्द्रीय समितिलाई अवैधानिक भन्दै तथाकथित विशेष महाधिवेशनको नाममा नेतृत्व परिवर्तन गरेको कुरालाई मान्यता दिने निर्णय कांग्रेसलाई क्षति पुर्‍याउने देखिन्छ,’ महतले भने, ‘आयोगको दूराशयपूर्ण निर्णयका लागि संवैधानिक र राजनीतिक निरुपण भोलि सर्वोच्च अदालतमा जान्छौं ।’ पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले आयोगले सबै कुराको अध्ययन नगरी निर्णय गरेको भन्दै कानूनी उपचारमा जानुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार