सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेस सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै आगामी निर्वाचनमा सहभागी हुने भएको छ । पार्टीका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि फेसबुक लाइभमार्फत यस्तो घोषणा गरेका हुन् । शर्माले अब विशेष महाधिवेशनको समर्थनमा हस्ताक्षर गर्ने र नगर्नेबीच विभाजन कायम नराखी पार्टीलाई एकताबद्ध रूपमा अघि बढाइने बताए । “जो परिवर्तन हुन चाहन्छन्, उनीहरूले परिवर्तन गर्न सक्छन् । हामी सबैले पनि अब परिवर्तनको संकल्प लिनुपर्छ,” उनले भने । उनले विशेष महाधिवेशनका क्रममा भूमिका खेलेका सबै नेता–कार्यकर्तालाई एउटै धारमा ल्याउने प्रयास गरिने स्पष्ट पारे । “एक समूहले आवश्यक हस्तक्षेप गरिसकेको छ, अब अर्को समूहले पनि जिम्मेवारी लिने समय आएको छ,” शर्माले भने । उनले जेनजी आन्दोलनले उठाएको सुशासनको मागलाई कांग्रेसले अब स्पष्ट रूपमा आत्मसात गर्ने प्रतिबद्धता व्यक्त गरे । विगतका कमजोरीप्रति आत्मालोचना गर्दै सुधारसहित अघि बढ्ने संकल्प पार्टीले गरेको समेत उनले बताए ।