गगन थापा पक्षलाई आधिकारिकता दिएपछि निर्वाचन आयोग बाहिर देउवा समूहको नाराबाजी

शुक्रबार, माघ २, २०८२

काठमाडौं । विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापा पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि आयोग बाहिर देउवा समूहले नाराबाजी गरेको छ ।  शुक्रबार साँझ आयोगले गगन पक्षलाई मान्यता दिएको हो । आयोगको यो निर्णयपछि देउवा पक्षका कार्यकर्ताले आयोग बाहिर नाराबाजी गरेका हुन् । देउवाका कार्यकर्ताले ‘निर्वाचन आयोगको निर्णय मान्दैनौं, विदेशी दलाल मुर्दावाद’ भनेर नाराबाजी गरेका छन् । यसअघि आज अपराह्नदेखि देउवा समर्थकले कान्तिपथमा नाराबाजी गरेका थिए । आयोग बाहिर गगन पक्षले भने खुसियाली मनाइरहेको छ ।​

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  २०:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार