गगन नेतृत्वको कांग्रेस : समानुपातिक सूची र हस्ताक्षर संशोधन गर्ने निर्णय

बिहीबार, माघ १, २०८२

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ । बुधबारमात्रै निर्वाचित भएको थापा नेतृत्वको केन्द्रीय समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो । सोही निर्णयअनुसार सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । यसअघि निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूचीमा शेरबहादुर देउवाको हस्ताक्षर रहेको थियो । अब थापाको हस्ताक्षर कायम हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार