आजको मौसम : पश्चिमी वायू सक्रिय

बिहीबार, माघ १, २०८२

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ । जसका कारण बिहीबार आज दिउँसो तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने छ । महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार आज राती तराई क्षेत्रका केही स्थानमा कुहिरो÷कुहिरो लाग्ने छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । हुस्सु–कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई–सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार