सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनले सभापतिमा सर्वसम्मत चयन गरेका गगन थापाले पार्टीको शिर झुक्न नदिने प्रतिबद्धता जनाएका छन् । काठमाडौंको भृकुटीमण्डपमा बुधबार मध्यराति विशेष महाधिवेशनबाट सभापति चुनिएपछि महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘नेपाली कांग्रेसको सभापतिको नाम लिँदामात्रै पनि गर्वले छाति फराकिलो हुन्छ । यो सानो जिम्मेवारी होइन । म इमानदारीतापूर्वक भन्छु, जुन विश्वासको साथ यो जिम्मेवारी सुम्पिनुभएको छ । कसैको पनि शिर झुक्न दिने छैन । नेपाली कांग्रेसको शान राख्छु ।’ उनले नेपाललाई दुखेको बेलामा, नेपाली कांग्रेसलाई घाउ लागेको बेलामा अहिले विशेष महाधिवेशन गर्ने मन नभए पनि बाध्यताले गर्नुपरेको स्पष्टीकरण पनि दिएका छन् । ‘हामी कसैको पनि यो रहर थिएन । यो बाध्यता थियो । यो जोखिम हामीले उठाउनै पर्थ्यो । मैले भन्दा पनि धेरै जोखिम तल बस्ने साथीहरूले उठाउनुभएको छ’, उनले भनेका छन् ।