सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । काठमाडौंको भृकुटीमण्डमा पुस २७ देखि ४ दिनसम्म चलेको विशेष महाधिवेशनले बुधबार सभापति गगनसहितको सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । मध्यरात १२ ः ३८ बजे केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले थापा निर्विरोध सभापति बनेको घोषणा गरेका हुन् । यसैगरी, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् । शर्मा यसअघि पार्टीको महामन्त्री थिए । यसैगरी, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका घोषणा गरिएको छ । सहमहामन्त्रीमा डा. डिला संग्रौला पन्त, प्रकाश रसाइली स्नेही, बहादुरसिंह लामा, उदयशमशेर राणा, मुक्ताकुमारी यादव, फर्मुल्ला मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा निर्वाचित भएका छन् ।
५(पाँच)