फरमूल्लाह मन्सुर विशेष महाधिवेशनबाट उपसभापति चयन

बुधबार, पुस ३०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले उपसभापतिमा फरमूल्लाह मन्सुरलाई चयन गरेको छ ।  भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले मन्सुरलाई उपसभापति चयन गरेको हो । कांग्रेसका दुई उपसभापतिमध्ये एकजना मन्सुर टुंगो लागेको हो । अर्को उपसभातिका लागि उम्मेदवारहरूसँग छलफल भइरहेको छ । नेता गगन थापाले उम्मेदवार टुंगो लगाउन छलफल गरिरहेका छन् । विश्वप्रकाश शर्माले कुनै पदमा रुची नदेखाएको भए पनि उपभासपतिमा बस्न गगन थापाले आग्रह गरिरहेका छन् । यसअघि मन्सुर कांग्रेसका सहमहामन्त्री थिए । उनी १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका थिए ।  कांग्रेसको बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मन्सुरलाई पनि कारबाही गरेको छ। उनलाई साधारण सदस्यबाट निष्कासित गर्ने निर्णय गरिएको छ । 

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार