सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन भएका छन् । काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट घिमिरे र पौडेललाई महामन्त्री चयन गरेको हो । नेता विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट महामन्त्रीमा युवा नेताद्वय प्रदीप पौडेल र गुरु घिमिरे चयन भएको बताए । अन्य पदाधिकारी टुंगो लगाउन गगन थापा र पदाधिकारीका उम्मेदवारबीच छलफल भइरहेको छ । निर्वाचन समितिले बुधबार बिहान उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको थियो। जसमा महामन्त्रीका लागि घिमिरे र पौडेलले मात्रै उम्मेदवारी दिएका हुन्। कांग्रेसमा दुई महामन्त्री रहने व्यवस्था छ । कांग्रेसको १४ औँ महाधिवेशनमा देउवा समूहबाट उम्मेदवार बनेका पौडेल महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए ।