सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । महानगरपालिकाको वडा नं १६ स्थित महापालमा स्यस्य समाज यलको भवन निर्माण गरिने भएको छ । उक्त भवनको शनिवार शिलान्यास गरिएको हो । भवन निर्माण स्थलमा शिलान्यास पूजा गर्नुअघि वाङमय शताब्दी पुरुष डा सत्यमोहन जोशीले कोभिडको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै आफ्नै निवासमा संकल्प पूजा गरेका थिए । साइतपछिको औपचारिक कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रममा प्रदेश सांसद शोभा शाक्य, महानगरपालिकाका उपप्रमुख गीता सत्याल, वडा अध्यक्षहरु निर्मलरत्न शाक्य,विनोद ताम्राकार,उद्योग वाणिज्य संघ ललितपुरका अध्यक्ष मनोज बहादुर न्याछ्यो लगायतको उपस्थिति थियो । स्यस्य समाज ललितपुरका अध्यक्ष सुरेन्द्र गोविन्द जोशीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।