कांग्रेसलाई नेतृत्व गर्न सक्ने, देशलाई बदल्न सक्ने दह्रो मान्छे गगन थापा हो : विश्वप्रकाश शर्मा

बुधबार, पुस ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई नेतृत्व गर्न सक्ने दह्रो मान्छे गगन थापा रहेको बताएका छन् । उनले गगनको नेतृत्वमा अब कांग्रेस नयाँ ऊर्जावान बन्ने बताए । कांग्रेस विशेष महाधिवेशनको बन्दशत्रलाई बुधबार सम्बोधन गर्दै शर्माले कांग्रेस र देशलाई बदल्नका लागि गगन अपरिहार्य रहेको बताएका हुन् । ‘कांग्रेसलाई नेतृत्व गर्न सक्ने र देशलाई बदल्न सक्ने दह्रो मान्छे गगन थापा हो,’ शर्माले भने । शर्माले विशेष महाधिवेशनबाट आउने नयाँ नेतृत्वले कसैलाई कारबाही नगर्ने र सबैलाई मिलाएर लैजाने बताए । शर्माले आफू र गगन थापालाई कारबाही गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय अवैध रहेको बताए । दोस्रो विशेष महाधिवेशनले अब नयाँ नेतृत्व चयन गर्ने उनले बताए ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार