गगन–विश्वलाई कारबाहीपछि कानुनी परामर्शमा देउवा पक्ष

बुधबार, पुस ३०, २०८२

काठमाडौं ।  दुवै महामन्त्री र सहमहामन्त्रीलाई कारबाही गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले कानुनी परामर्श सुरु गरेको छ ।  बुधबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मंसूरलाई साधारण सदस्यबाट निष्कासित गरेको छ । पार्टीले तीन पदाधिकारीलाई कारबाही गरेपछि देउवा पक्षले परामर्शका लागि कानुन व्यवसायीलाई बोलाएको हो ।  कारबाहीको वैधता, विशेष महाधिवेशनको कानुनी प्रश्न र पार्टीको आगामी बाटोबारे राय लिन देउवाले आफूनिकट कानुन व्यवसायीलाई बोलाएको एक नेताले बताए। परामर्शका लागि वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती र उपेन्द्रकेशरी न्यौपाने, तेजबहादुर रावल लगायतका कानुन व्यवसायी सानेपा पुगेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार