कारबाहीपछि गगनको प्रतिक्रिया, ‘तिनको प्राइभेट कम्पनी हो निकाल्नलाई ?’

बुधबार, पुस ३०, २०८२

काठमाडौँ  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू लगायतका नेताहरुलाई कारबाही गरिएकोप्रति आक्रोस पोखेका छन् ।  नेपाली कांग्रेसको कारबाहीपछि विशेष महाधिवेशनस्थलमा सम्बोधन गर्दै उनले भने, ‘मैले समाचार सुनेँ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले २ जना महामन्त्री र सहमहामन्त्रीलाई निकाल्यो । तिनको प्राइभेट कम्पनी हो निकाल्नलाई ? तपाईंको घरबाट निकाल्नु भएको हो ?’  उनले आफूले ९ कक्षा पढ्दादेखि नै कांग्रेसको झण्डा बोकेको बताए । ‘९ कक्षादेखि हो नेपाली कांग्रेसको झण्डा बोकेर हिँडेको, २०४६ सालको आन्दोलनमा लडेको हुँ,’ थापाले भने, ‘२०६२, २०६३ को आन्दोलन हाँकेको पनि हुँ ।’ आफूहरुसँग २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधि रहेको भन्दै थापाले प्रश्न गरे,‘ २४८८ जना महाधिवेशन प्रतिनिधि जम्मा भएको हल हो । तपाईंहरु मात्रै निर्वाचन आयोग जान्नु हुन्छ ?’ आफूूहरु गणेशमान र वीपीको सन्तान भएको भन्दै असली कांग्रेस पनि आफूहरु नै भएको दाबी गरे। ‘हामी हो गणेशमानको सन्तान, हामी हो वीपी कोइरालाको सन्तान,’ थापाले भने, ‘कांग्रेसको क्यारेक्टर, विचार जसले बोक्यो कांग्रेस त्यही हो ।’

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार