विशेष महाधिवेशन स्थलमा नाराबाजी, नेतृत्व परिवर्तनको माग

मंगलबार, पुस २९, २०८२

काठमाडौं । नेपाली काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनको लागि दबाब दिन भृकुटीमण्डपमा नाराबाजी गरेका छन् । प्रतिनिधिहरुले नीति र नेतृत्व परिवर्तनको माग गर्दै नाराबाजी गरेका हुन् । विशेष महाधिवेशनमा पक्षधर र संस्थागत पक्षबीच विभिन्न विकल्पहरुसहित वार्ता जारी रहे पनि नेतृत्व परिवर्तनको दबाब बढाइएको हो । यता, विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार