सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले कांग्रेसलाई कांग्रेसबाटै खतरा भएको बताएका छन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशन चलिरहँदा मंगलबार उनले भृकुटीकण्डपस्थित मिडिया सेन्टरमा आफ्नो पुस्तक ‘चौबाटोमा चारतारा’ विमोचन गर्दै सो विचार राखेका हुन् । उनले कांग्रेसमा २००७ सालमा गरेको सिद्धान्त र एजेण्डा ल्याएजस्तै जेनजी आन्दोलनमा कांग्रेस नबद्लिएसँगै अब कांग्रेस अगाडि बढ्न नसक्ने जिकिर गरे । उनले ४५ दिनसम्म पनि कांग्रेसले जेनजी आन्दोलनपछिको उभारलाई आत्मस्वीकृति नगरेकाले देशको राष्ट्रिय राजनीति नबद्लिने बताए । उनले जेन–जी समूहसँग दलसुधारको बारेमा यो पुस्तकमा उल्लेख गरिएको बताए ।