सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका५ हजारभन्दा बढी समुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । कुकुरहरूको व्यवस्थापनका लागि २८ वटा वडामा सञ्चालन गरेको बन्ध्याकरण तथा खोप कार्यक्रमबाट अहिलेसम्म ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो । गत कार्तिक १४ गतेदेखि सुरु भएको यस कार्यक्रममा वडा नं. ६ मा सबैभन्दा धेरै ६२१ वटा र सबैभन्दा कम वडा नं. २१ मा ८ वटा कुकुरहरूको बन्ध्याकरण गरिएको हो । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले वडा नं. १८, २२, २५ र २७ गरी ४ वटा वडामा कार्यक्रम सञ्चालन प्रक्रियामा रहेको बताएको छ । महानगरले काठमाडौँ पशु उपचार केन्द्र (क्याट सेन्टर), क्याट क्लिनिक, मण्डला भेटिरिनरी अस्पताल, स्नेहाज केयर र पशुपन्छीप्रति निर्दयता रोकावट समाज (एसपीसीए) नेपाल गरी ५ वटा संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको विभागले जनाएको छ ।