सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेस एउटा सभ्यता र संस्कृति पार्टी भएको बताएका छन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा स्वागत मन्तब्य राख्दै उनले यस्तो बताएका हुन् । उनले अब नेतृत्वको परिवर्तन बिना बस्न नसक्ने बताए । उनले भने, ‘२३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिलाई नयाँ मोड दिने काम गरेको छ । कांग्रेसलाई यथास्थितमा राख्न सकिन्न । नेपाली कांग्रेस एउटा सभ्यता र संस्कृति भएको पार्टी हो । यसलाई जोगाउनुपनुपर्छ । संस्कृति भनेको कसैको शिरमा टोपी छ की छैन, यसले केही मान्य राख्दैन । संस्कृति व्यवहार हो । कांग्रेस राजनीतिको पुरानो लोकतान्त्रिक संस्कृति हो ।’ उनले कांग्रेस नेतृत्वले पार्टीका सदस्यहरूलाई गर्ने व्यवहार भएको भन्दै यसलाई जोगाउनु नै अहिलेको चुनौती रहेको बताए । उनले कांग्रेसको साधारण सदस्यले पनि कांग्रेसको दीर्घ जीवनका लागि लोकतान्त्रिक पद्धति जोगाउनका लागि र कांग्रेसको सांगठनिक जीवनका लागि अनि नेपाली कांग्रेसको सुरक्षित भविष्यका लागि महत्वपूर्ण धेरै अर्थ राख्ने बताए ।