उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय

शनिबार, पुस २६, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीले रास्वपा र उनेपाबीच भएको सहमति भंग गर्ने निर्णय गरेको छ । शनिबार उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले रास्वपा र उनेपाबीच भएको सहमतिका बुँदाहरु रास्वपाले कार्यान्वयन गर्न नमानेको र एक पक्षीय रुपमा सहमति तोडेको हुनाले उक्त सहमति भंग गरेको जानकारी दिएका छ । बैठकको निर्णय, ‘२०८२ पौष १४ गते रास्वपा र उनेपाबीच भएको सहमतिका बुँदाहरु रास्वपाले कार्यान्वयन गर्न नमानेको र एक पक्षिय रुपमा सहमति तोडेकाले उक्त सहमति भंग गरिएको छ । साथै उज्यालो नेपाल पार्टीले आगामी निर्वाचन चिम चुनाव चिन्ह् लिएर भाग लिने निर्णय गरेको छ ।’ बैठकले पार्टीको अध्यक्षबाट अनुप कुमार उपाध्यायले व्यक्तिगत कारण देखाएर दिनु भएको राजीनामा स्विकृत गरेर उनलाई पार्टीको विधान अनुसार संरक्षकको भूमिका दिने निर्णय गरेको छ । साथै, पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई सर्वसहमतिले नियुक्त गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार