सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कोशी प्रदेशबाट राष्ट्रिय सभामा नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भएका छन् । कोशी प्रदेशको अन्यतर्फको कोटामा नेकपाका हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न नआएपछि थापा निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले जानकारी दिए । थापाले कांग्रेस र नेकपा एमालेको गठबन्धनमा उम्मेदवारी दिएका हुन् । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ । सो निर्वाचनका लागि कांग्रेस र एमालेले ९ र ८ सीटमा भागबण्डा गरेका छन् । एक सीट जसपाका तर्फबाट महन्थ ठाकुरलाई दिइएको छ ।