सञ्चारमन्त्री खरेलद्वारा ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकन

बुधबार, पुस २३, २०८२

ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ललितपुरको बागडोलस्थित ज्यापू समाजको जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकहरुसंग अन्तरक्रिया गरेका छन् । ज्यापू समाज यलका पदाधिकारीहरुको निमन्त्रणामा मंगलबार दिउँसो बागडोल पुगेर मन्त्री खरेलले जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका साथै जेष्ठ नागरिकसंग अन्तरक्रिया गरेका हुन् । जेष्ठ नागरिक आनन्द निकेतनको अवलोकनका क्रममा मन्त्री खरेलले जेष्ठ नागरिकको सेवामा ज्यापू समाजले गरेको यो काम प्रसंशनीय भएको बताए । ‘गाँस, बास र कपासको व्यवस्थापन सरकारले गर्नुपर्ने भएपनि कमजोर व्यवस्थाका कारण सरकारले गर्न सकिरहेको छैन, ज्यापू समाजले गरिरहेको यो काम समाजका लागि अत्यन्तै प्रशंसनीय छ, यसको निरन्तरताको लागि सरकारले सहयोग र समन्वय गर्ने काम गर्छ,’ उनले भने । समयक्रमसँगै बालबालिकाबाट जेष्ठ नागरिकसम्म सबैले भूमिका निर्वाह गर्नुपर्ने बताउँदै सबैको खुसीको लागि सरकारको जिम्मेवारीमा रहेर सकरात्मक काम गर्ने बताए । ‘हामीले गर्ने सहयोग गर्छौं, नेवार समुदायको सम्पदा, संस्कृति र सभ्यतालाई माथि उठाउन ध्यान दिएर काम गर्छौं, समग्र नेवार समुदायको संस्कृति र परम्पराको विषयमा प्रचारप्रसार गर्न सम्पदा यात्रा नामक कार्यक्रम नेपाल टेलिभिजनमार्फत कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेका छौँ,’ उनले भने । मन्त्री खरेलले जेष्ठ नागरिक आनन्द निकेतनको व्यवस्थापन एवम् सञ्चालनका लागि न्युनतम पनि दश बर्षको योजना बनाएर काम गर्न आग्रह गरे । ज्यापू समाजका अध्यक्ष सन्तमान महर्जनले जेष्ठ नागरिक आनन्द निकेतनले अहिले २५ जनाको लागि सेवा गरिरहेको जानकारी गराउँदै भविष्यमा संख्या वृद्धि गर्दै जाने बताए ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार