सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । यसअघि मंगलबार बसेको बैठकले आगामी राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने निर्णय गरेको थियो। बैठकमा राष्ट्रियसभा निर्वाचनलाई केन्द्रमा राखेर विस्तृत छलफल भएको बताइएको छ । मंगलबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी, सम्भावित तालमेल र राजनीतिक अवस्थाबारे धारणा राखेका थिए। साथै बैठकमा महामन्त्री गगनकुमार थापा तथा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । आज बस्ने बैठकमा पार्टीका थप नेताहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। बैठकमा राष्ट्रियसभा निर्वाचनको रणनीति, उम्मेदवार छनोट र दलगत तालमेलबारे निर्णयलाई अन्तिम रूप दिने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।