कांग्रेसका पाँच प्रदेश सभापतिको अपिल:नियमित महाधिवेशनमै जुटौं

सोमबार, पुस २१, २०८२

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयमा विवाद उत्पन्न भएपछि कांग्रेसका पाँच वटा प्रदेशका सभापतिले नियमित महाधिवेशनमै केन्द्रित हुन अपील गरेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै नियमित महाधिवेशनमै केन्द्रित हुन उनीहरुको आग्रह छ । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै कोशीका सभापति उद्धव थापा, मधेसका सभापति कृष्णप्रसाद यादव, बागमतीका इन्द्रबहादुर बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायरले नियमित महाधिवेशनमै केन्द्रित हुन अपील गरेका हुन् । उनीहरूले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमै संयुक्त विज्ञप्ति पेश गरेका हुन् । विज्ञप्तिमा गण्डकी र लुम्बिनी प्रदेशका सभापतिको हस्ताक्षर गरेका छैनन् ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार