सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली काँग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई परिपत्र गरेको छ । नियमित महाधिवेशन वैशाखमा हुने जानकारीसहित काँग्रेसले परिपत्र मातहतका तल्ला निकायमा पठाएको हो । प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका र वडाहरुका लागि अत्यन्त जरुरी परिपत्र भन्दै पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाएर पार्टीलाई बहुमत ल्याउन सबै क्रियाशील हुन भनिएको छ । पुस १८ गतेको कार्यसम्पादन समितिको निर्णयअनुसार भनेर १९ गतेको मिति भएको परिपत्र काँग्रेसले आज आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो ।