जाँचबुझ आयोग टोलीलाई ओलीले गुण्डुमै थमाए लिखित बयान

आइतबार, पुस २०, २०८२

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगको टोलीलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिखित बयान दिएका छन् ।  ओलीको बयान लिन जाँचबुझ आयोगको टोली आइतबार उनको निवास भक्तपुरस्थित गुण्डुमै पुगेको थियो। 
टोलीलाई ओलीले लिखित रुपमा जेनजी आन्दोलनका घटना विवरण समेटिएको लिखित बुझाएका हुन् ।  जाँचबुझ आयोगको टोली पत्रसहित ओली निवासमा पुग्ने र ओलीले त्यही टोलीलाई आफ्नो कुरा राखेर पठाउने समझदारी बनिसकेको थियो । पूर्व समझदारी अनुसार नै ओलीले जेनजी आन्दोलनमा भएका घटनाबारे लिखित तयार गरेका थिए ।  आफ्ना भनाइसहित पहिल्यै तयार गरेको त्यही लिखित उनले टोलीलाई थमाएका हुन् । यसअघि आफू जाँचबुझ आयोगको कार्यालयमा बयान दिन नजाने बताउँदै आएका ओली आफ्नै निवासमा आए भने आफ्नो कुरा राख्न तयार भएका थिए ।  जाँचबुझ आयोगको टोलीले अन्यलाई भने आयोगको कार्यालय सिंहदरबारमै बोलाएर बयान लिएको थियो । पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि आयोगले २ दिन बयान लिएको थियो । 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १९:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार