सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा गत भदौ २३ र २४ गतेका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ । आयोग स्रोतका अनुसार ओलीलाई गत शुक्रबार पत्र पठाएको हो । ‘तत्कालीन गृहमन्त्रीको बयान सकिएपछि उहाँलाई बयानका लागि आउन पत्र पठाएका छौं’, स्रोतले जानकारी दिँदै भन्यो । तर, ओलीले सार्वजनिक रूपमै आयोगप्रति असहमति जनाउँदै बयान दिन नजाने बताउँदै आएका छन् । आयोगले तत्कालीन गृहमन्त्री, प्रधानसेनापति, प्रहरीका वर्तमान र पूर्वप्रमुख, सशस्त्र प्रहरीका प्रमुख, काठमाडौंका तत्कालीन सीडीओ, काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुख लगायतसँग बयान लिइसकेको छ। आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई पनि लिखित जवाफ पठाउन पत्राचार गरिसकेको छ ।