सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलबाट आएका सातजनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले रञ्जु दर्शना लगायतका सातजनालाई औपचारिक रुपमा मनोनयन गरेको हो । केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए ।
मनोनयन भएका केन्द्रीय सदस्य १. समीक्षा बास्कोटा २. प्रकाशचन्द्र परियार ३. सुरज प्रधान ४. नवराज थापा ५. आशुतोष प्रधान ६. धनेज थापा ७. रञ्जु दर्शना