सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउनेबारे कानूनविद्हरूसँग छलफल गरेका छन् । केन्द्रीय कार्यसम्पादन समिति बैठकले बहुमतबाट वैशाखमा महाधिवेशन गर्ने निर्णय लिएपछि विशेष महाधिवेशन बोलाउनबारे कानुनीहरूसँग परामर्श लिएका हुन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोजको २९ गते विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा हस्ताक्षरसहित बुझाएका थिए । तर बहुमतले विशेष महाधिवेशनको मागलाई वेवास्ता गरेपछि महामन्त्रीद्वयले विधानअनुसार बोलाउने तयारी गरेका हुन् । कानुन व्यवसायीहरूले विधान अनुसार माग भएको महाधिवेशन बोलाउन सकिने सुझाव महामन्त्रीहरूलाई दिएको एक नेताले बताए। विधान अनुसार माग भएको महािधवेशन रोक्ने अधिकार कसैलाई नभएको उनीहरुको भनाइ थियो। महामन्त्रीहरूले सभापति शेरबहादुर देउवासँग अन्तिम छलफल गरेर सहमति नजुटे महाधिवेशन आह्वान गर्ने तयारी गरेका छन् ।