प्रकाश सपुत र सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

शुक्रबार, साउन ८, २०७८

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’ घोषणा गरेको छ ।  प्राधिकरणका प्रमखु कार्यकारी अधिकृत अनिल पोखरेलले प्रमाणपत्र दिएर उनीहरुलाई एक वर्षका लागि ‘विपद् जोखिम सद्भावना दूत’मा नियुक्त गरेको जानकारी दिए ।
गीतसङ्गीतका माध्यामबाट समुदायमा जनचेतना अभिवृद्धि गर्न आवश्यक भएकाले उनीहरुलाई दूत नियुक्ति गरिएको पोखरेलले बताए । सपुत बाग्लुङ र दुलाल सिन्धुपाल्चोक निवासी हुन् । सोही समारोहमा उनीहरूको ‘बाढी पहिरो, हाम्लाई चिन्ता गहिरो, बोलको’ सन्देशमूलक गीतसमेत सार्वजनिक गरिएको थियो ।  उक्त समारोहमा गायक सपुतले प्राधिकरणले रचनात्मक काम गरेर पवित्र उद्देश्यमा जोडिदिएकामा खुशी व्यक्त गर्दै, गीत, सङ्गीत, अनुहार र सामाजिक सञ्जालका माध्यामबाट नागरिकलाई सचेत गराउन आफू पूर्ण प्रतिबद्ध रहेको बताए । उनले सरकारको दूत भएर काम गरेको यो पहिलो अनुभव भएकोसमेत सुनए ।
गायिका दुलालले महत्वपूर्ण अवसर प्राधिकरणले दिएकामा खुशी व्यक्त गरिन् । गत वर्ष सिन्धुपाल्चोक र बागलुङमा भएको ठूलो मनसुनजन्य विपद्मा परेर ठूलो जनधनको क्षति भएको थियो ।  समारोहमा पोखरेलले कसैको अकालमा मृत्यु नहोस्, कसैको धनमालमा क्षति नपुगोस् भन्ने हाम्रो उद्देश्य गीतले समेटेको उल्लेख गरे । उनले भने, ‘अहिलेसम्म मुलुकमा विपद्को जोखिमले जितिरहेको छ अब त्यसलाई हामीले जित्न सकौँ ।’ उक्त समारोहमा प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले हालसम्म भएको विपद्जन्य घटनाको अवस्थाबारे जानकारी गराएका थिए ।–रासस
 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ०६:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, साउन ८, २०७८

आज साउनको दोस्रो सोमवार
शुक्रबार, साउन ८, २०७८

आज साउनको दोस्रो सोमबार 
शुक्रबार, साउन ८, २०७८