‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यका लागि एक ठाउँमा उभिएका हौं’

मंगलबार, पुस १५, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत मंगलबार मात्रै उनले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यको मार्गतर्फ एक ठाउँमा उभिएका बताएका हुन् । उनले लेखेका छन्, ‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं ।’ उनले उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन जनताको निरन्तर साथ रहनेमा विश्वस्त रहेको पनि उनले लेखेका छन् । उनले भने, ‘यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास दिलाउँछ । उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौं ।’ पार्टीहरूले एकीकरणपछि राजनीतिक एकता बलियो बनाउँदै आगामी निर्वाचन र विकासका अभियानमा साझा रणनीति अघि बढाउने तयारीमा रहेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार