सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जेन जेड आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगले पूर्वगृहमन्त्री रमेश लेखकसँग थप बयान लिने भएको छ । सोमबार बयान सुरु भएको केही घण्टामा लेखकले ‘पार्टीको बैठक छ’ भनेर निस्किएका थिए । त्यसपछि नेपाली काँग्रेसको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आयोगमा पेश गरेको भनाइको लिखित कपी बाँडेका थिए । आयोगले उनीसँग बयान बाँकी रहेको भन्दै बुधबारदेखि त्यसलाई निरन्तरता दिने योजना बनाएको हो । उनले केहीबेर बयान चलेपछि पार्टीमा बैठक छ भनेर निस्किएका थिए । काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाल र पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘गृह मन्त्रालयको नेतृत्वको समन्वयमा काम गरेको’ भनेर दिएको अभिव्यक्तिमा जाँचबुझ आयोगले लेखकमाथि सोधपुछ र थप जिरह गर्न बाँकी रहेको स्रोतले बताएको छ ।