रवि-बालेन सम्झौता 

प्रधानमन्त्री उम्मेदवार बालेन, पार्टी नेतृत्वमा रवि 

आइतबार, पुस १३, २०८२

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच एउटै पार्टीमा आवद्ध भएर चुनावमा जानेबारे ७ बुँदे सहमति भएको छ । सहमतिअनुसार रास्वपाको नेतृत्वमा रविलाई स्वीकार गर्दै बालेन अघि बढेका छन् भने रविले आगामी फागुन २१ मा हुने निर्वाचनपछिको प्रधानमन्त्रीमा बालेनलाई स्वीकार गरेका छन् । सहमतिपत्रको बुँदा नम्बर ४ मा भनिएको छ, 'राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।' रास्वपा सभापति रवि लामिछाने र बालेनले हस्ताक्षर गरेको सहमतिपत्रमा नेपालको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गर्ने उल्लेख छ । आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात गर्दै दुवै पक्ष एकताका लागि सहमत भएको पनि उल्लेख छ । सहमतिपको पहिलो बुँदामा जेन-जी आन्दोलनको अपनत्व लिने कुरा उल्लेख गरिएको छ । उनीहरूका माग सम्बोधन गर्नका लागि प्रतिबद्ध रहेको पनि उल्लेख छ ।

rabibalen-1766895406.jpg
 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार