दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको आह्वान

बन्दसूची पुस १३ र १४ गते भित्र निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्ने 
शनिबार, पुस १२, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध गरेको छ । आयोगले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा सम्बन्धित नियमावली र निर्देशिकाअनुसार बन्दसूची पेस गर्न अनुरोध गरेको हो। आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पुस १३ र १४ गते दिउँसो ४ बजेसम्ममा आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तिमा राजनीतिक दललाई समयमै आवश्यक कार्य सम्पन्न गर्न अनुरोध गरिएको छ।  

2082-09-12-Press-Release-1766849596.jpg
 

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार