काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल

शनिबार, पुस १२, २०८२

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता हुने भएको छ । भेट हुनु अघि बालेनले कुलमान घिसिङसँग छलफल गर्ने तयारी गरेका छन् । भेटको स्थान गोप्य राखिएको छ । आजको भेटमा एकता सहमतिमा हस्ताक्षर हुने अपेक्षा गरिएको थियो, तर रास्वपाको अडान अनुसार सहमति अघि घिसिङसँग छलफल गर्नु पर्ने भएको छ। हिजो दोस्रो तहका प्रतिनिधिले सहमतिको खाका तयार पारेका थिए । त्यसमा बालेन, कुलमान र जेन–जी का लागि प्रतिनिधित्व निश्चित गरिएको छ। सहमतिमा रास्वपाले निर्वाचन चिह्न ‘घण्टी’ प्रयोग गर्ने निर्णय अघि बढाउने तयारी गरेको छ । बालेन पक्षका अनुसार शनिबार वान–टु–वान बैठकपछि रास्वपासँग मिलेर जाने कि एक्लै जाने निर्णय टुङ्गो लाग्नेछ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  १०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार