बांगलादेशमा भएको हिन्दू युवाको हत्या प्रकरण

जनकपुरधाममा भोली विरोध र्‍याली निकालिने

बुधबार, पुस ९, २०८२

जनकपुर । बांगलादेशमा केही दिन पहिला भएको हिन्दू युवा दिपु चन्द्र दासको निर्मम हत्याको विरोधमा भोली जनकपुरधाममा भव्य विरोध र्याली निकालिने भएको छ । जनकपुरधाममा बुधबार (आज) साधु सन्तहरुको संस्था वैषणव समाजले पत्रकार सम्मेलन गर्दै भोली विरोध र्याली निकाल्ने जानकारी दिएको छ । समाजका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले भोली ३ बजे जनकपुरधामसहित सम्पूर्ण राष्ट्रभरका हिन्दूहरुलाई जानकी मन्दिरमा एकत्रित हुन आग्रह गरेका छन् । उनले बांगलादेशमा भएको घटना अमानवीय रहेको भन्दै सम्पूर्ण हिन्दू समुदायले यसको विरोध गर्न आवश्यक रहेको बताए । उनले दिपु दासको हत्यामा संलग्न सबैजनालाई दिपु दासको हत्या गरे जस्तै बीच चौराहामा लगेर फाँसी लगाई जलाउनु पर्ने माग राखेका छन् । उनले दोषीलाई कारबाही गर्न नेपालबाट कुटनीतिक दबाब सृजना गर्न भोली विरोध र्याली गर्न लागेको जानकारी दिए । अध्यक्ष दासले दिपु दासको आत्माको चिर शान्तिका लागि भोली जानकी मन्दिरको प्राङ्गनमा श्रद्धाञ्जली अर्पण पनि गर्ने बताए

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार